नेपालको तेस्रो विकेट पनि गुम्यो, आशिफ शेख आउट

नेपालभ्युज

नेपालको तेस्रो विकेट पनि गुम्यो, आशिफ शेख आउट

काठमाडौं ।  एसिया कपमा पाकिस्तानविरुद्ध नेपालको तेस्रो विकेट पनि गुमेको छ ।

३ सय ४३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालका आशिफ शेख पनि ५ रन बनाएर आउट भएका छन् ।

१ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरे । उनले ५ बलमा ५ रन बनाए । उनको स्थानमा सोमपाल कामी मैदान प्रवेश गरेका छन् ।

कुशल भुर्तेल  र  कप्तान रोहित पौडेल यसअघि नै आउट भएका थिए ।

पाकिस्तानको मुल्तानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved