एसिया कप : पाकिस्तानसँग नेपालले पायो ३४३ रनको लक्ष्य

नेपालभ्युज

एसिया कप : पाकिस्तानसँग नेपालले पायो ३४३ रनको लक्ष्य

काठमाडौं। एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग ३४३ रनको विशाल लक्ष्य पाएको छ।

मुल्तान क्रिकेट मैदानमा पाकिस्तानले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो।

पाकिस्तानको लागि कप्तान बाबर आजम र इतिखार अहमदले शतकीय पारी खेले। आजमले १५१ रन बनाए। इफ्तिखार अहमदले भने अविजित १०९ रन बनाए।

आजम र अहमदले पाँचौँ विकेटको लागि २०० रनको साझेदारी गरे।

नेपालको लागि सोमपाल कामीले २, सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए। इमान उल हक र सलमान भने रन आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved