नेपाल–पाकिस्तानबीचको खेल हेर्न जनकपुरका विद्यालयमा आधा दिन बिदा

नेपाल–पाकिस्तानबीचको खेल हेर्न जनकपुरका विद्यालयमा आधा दिन बिदा

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले एसियाकप हेर्नलाई बुधबार दिउँसोदेखि शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ।

एसियाकपअन्तर्गत बुधबार हुने नेपाल र पाकिस्तानबीचको खेललाई मध्यनजर गरी उपमहानगरपालिकाले सबै शैक्षिक संस्थामा आधा दिन बिदा गने निर्णय गरेको हो।

नेपाली टिमको हौसला बढाउन र विद्यार्थीमा खेलप्रति ऊर्जावान् भावना जागृत गर्न दिउँसो २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा शाखाका प्रमुख मेहीलाल यादवले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved