एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने ४ दलको घोषणा

नेपालभ्युज

एमसीसी  विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने ४ दलको घोषणा

काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ४ दलले  देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘हस्तक्षेपकारी एमसीसी परियोजना जन संघर्षको  बलमा खारेजी गर्न आम देशभक्त नेपाली जनतालाई सडकमा उत्रिन अपिल गर्दछौं, वक्तव्यमा भनिएको छ । ‘

गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको छ  ।

अर्थ मन्त्रालय र एमसिसीबीच २०७४ भदौ २९ मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।

यस्तो छ संयुक्त प्रेस वक्तव्य 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved