एजेन्सी । बलिउडका सुन्दर गायक अरमान मलिकका धेरै नै युवा प्रसंशक छन् । उनले आफ्नो आवाजले जो कसैलाई मन्त्रमुग्ध पार्न सक्छन् । अरमानले प्रसंशक युवतीको मन दुखाएर आफ्नी गर्लफ्रेन्ड आशना श्राफसँग इंगेजमेन्ट गरेका छन् ।
फेशन इन्फ्लुएन्सर रहेकी श्राफसँग अरमानका इंगेजमेन्टका केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्वीरमा गायक अरमानले गर्लफ्रेन्ड श्राफसँग घुँडा टेकेर प्रस्ताव राखिराखेको देखिन्छन् । यस क्रममा अरमान सेतो सुटमा देखिएका छन् भने आशना पनि फूलैफूल भएको सेतो ‘वानपिस’ कपडामा छन् ।
अरमान र आशनाले सन् २०१९ देखि डेटिंग सुरु गरेका थिए । उनीहरुले कहिल्यै पनि आफ्नो सम्बन्धलाई लुकाउने प्रयास गरेनन् । उनीहरु सामाजिक सञ्जालमा रमाइला तस्वीरका साथमा देखिएका हुन्थे । खबरअनुसार उनीहरु छिटै विवाह बन्धनमा बाँधिनेछन् ।
Facebook Comment
Comment