भारतीय मालवाहक गाडी रोक लगाउन ट्रक व्यवसायीको माग

नेपालभ्युज

भारतीय मालवाहक गाडी रोक लगाउन ट्रक व्यवसायीको माग

काठमाडौं। नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडी रोक लगाउनुपर्ने माग गरेको छ ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भारतीय मालवाहक गाडीका कारण नेपालमा गाडीले काम नपाउने स्थिति बनेको भन्दै यस्तो माग गरेको हो । महासंघले निर्बाध रूपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाउनुपर्ने बताएको छ ।

त्यस्तै, ट्रक व्यवासायीले काठमाडौं लगायतका प्रमुख ठाउँमा पार्किङ स्थलको उचित व्यवस्थापनको माग पनि गरेका छन् । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए ।

ट्रक यातायातमा ४७ वटा मुख्य रुटको भाडादर निर्धारण गरेको र त्यसको प्रभावकारी कार्यान्वयन नभएको बताउँदै उनले अनुगमन प्रभावकारी बनाउनसमेत आग्रह गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved