एजेन्सी । भारतीय अभिनेता सुशान्त सिंह राजपूतको १४ जुन सन् २०२० मा निधन भएको थियो । त्यतिबेला देखि नै उनको बान्द्रा स्थित फ्ल्याट खाली थियो ।
रिपोर्टका अनुसार यस फ्ल्याटलाई भाडा दिने कोसिस पनि गरिएको थियो तर कसैले उक्त फ्ल्याट लिएका थिएनन् । फ्ल्याट किन्न पनि मानिस हच्किरहेका थिए ।
अहिले खबर आएको छ कि उक्त फ्ल्याट बिक्री भइसकेको छ । ‘द केरल स्टोरी’ की अभिनेत्री अदा शर्माले सुशान्तको यो घर खरिद गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।
सुशान्तको निधन भएको तीन वर्ष पूरा भएपछि यो फ्ल्याट बिक्री भएको छ ।
अहिलेसम्म यो समाचारको अभिनेत्री अदाले भने पुष्टि गरिसकेकी छैनन् । साथमा कतिमा खरिद गरिएको भनेर पनि समाचारमा खुलाइएको छैन ।
अदा शर्मा अहिले कमान्डो नामक बेव सीरीजमा देखिरहेकी छन् । यस अघि उनी द केरल स्टोरी फिल्ममा देखिएकी थिइन् ।
Facebook Comment
Comment