ललिता निवास प्रकरण : पूर्व निर्वाचन आयुक्त सुधीर शाह रिहा

पूर्व निर्वाचन आयुक्त शाहले जिल्ला मालपोत कार्यालय भक्तपुरमा रहँदा ललिता निवासको जग्गाको कागजात किर्ते गरेको सीआईबीको निष्कर्ष छ ।

नेपालभ्युज

ललिता निवास प्रकरण :  पूर्व निर्वाचन आयुक्त सुधीर शाह रिहा
फाइल फोटो

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीर शाह रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि शाह रिहा भएका हुन् ।

मुद्दा नचल्ने निर्णयपछि शाहलाई हिरासतमुक्त गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोले शाहलाई असार १२ मा पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

पूर्व निर्वाचन आयुक्त शाहले जिल्ला मालपोत कार्यालय भक्तपुरमा रहँदा ललिता निवासको जग्गाको कागजात किर्ते गरेको सीआईबीको निष्कर्ष छ ।

डिल्लीबजार मालपोतका कर्मचारीसँग मिलेर शाहले पत्नी उर्मिला शाहको नाममा ५ रोपनी जग्गा ‘हालै देखिको बकस पत्र लिखित पारित गराएको’ भन्दै प्रहरीले उनलाई प्रतिवादी कायम गर्न राय दिएपनि आइतबार अभियोग पत्र दर्ता गर्दा सरकारी वकिलले उनलाई प्रतिवादी बनाएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved