सत्ता गठबन्धनले संविधान मिच्यो, समाजवादी शिकार नबनोस्ः झलनाथ खनाल

नेपालभ्युज

सत्ता गठबन्धनले संविधान मिच्यो, समाजवादी शिकार नबनोस्ः झलनाथ खनाल
फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरेहको बताएका हुन् ।

उनले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान विरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्न गरे । ‘हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा त दुई पटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ?’ उनले प्रश्न गरे ।

नेता खनालले गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै यसबारेमा पार्टी क्लियर हुनुपर्ने बताए । ‘हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरुले गरेका गलत कामको शिकार हुनुहुँदैन,’ उनले भने, ‘हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरेमात्रै पार्टी स्थापनाको महत्व हुन्छ ।’

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्नसक्ने सम्भवाना भएको पार्टी रहेको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved