हिरासतमै डीएसपीद्वारा ‘बलात्कार’ !

नेपालभ्युज

हिरासतमै डीएसपीद्वारा ‘बलात्कार’ !

राजविराज । सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी दीपक राईमाथि बलात्कारको आरोप लागेको छ । प्रहरी थुनामा परेका बेला गत ६ चैतमा डीएसपी राईले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दिएकी छिन्  ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बेला हिरासतमै प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार भएको र यातना दिइएको उजुरीमा उल्लेख छ । उजुरीमा ती महिलाले गत ६ चैतको राति आफूमाथि दुईपटक बलात्कार भएको उल्लेख गरेकी छिन् ।

उजुरीमा उल्लेख गरिएअनुसार नाम थाहा नभएका एक प्रहरीले सोधपुछका लागि हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी राईकहाँ पुर्‍याएका थिए । त्यसपछि मादक पदार्थ सेवन गरेर बसेका डीएसपीले कुटपिट गरी मुख थुनी बोल्न कराउन नदिई जबर्जस्ती करणी गरेको समाचार नयाँ पत्रिकाले लेखेको छ ।

सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर दोस्रोपटक बलात्कार गरेपश्चात् डीएसपी राईले कसैलाई भने २० वर्षसम्म जेलमा सडाइदिने धाक-धम्की दिएको उजुरीमा उल्लेख छ ।

डीएसपी राईले भने आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गरेका छन् । “एउटा कुनै घटनाको अनुसन्धान गर्दा यस्तो आरोप लगाइन्छ भने भोलि अरू घटनाका अनुसन्धान प्रहरीले कसरी गर्न सक्ला ? ममाथि निराधार आरोप लगाइएको छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved