१२ कक्षासम्मको पढाइ निःशुल्क हुनैपर्ने बाबुरामको मत

नेपालभ्युज

१२ कक्षासम्मको पढाइ निःशुल्क हुनैपर्ने बाबुरामको मत

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा व्यवहारिकरुपमै निःशुल्क हुनपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ल्याउने तयारी गरेको संघीय शिक्षा ऐनबाट पनि उक्त प्रावधान हटाएको भन्दै आपत्ति जनाए । कुनैपनि बहानामा शिक्षाको व्यापार गरी निजी क्षेत्रलाई मुनाफा कमाउन दिन नहुने उनको भनाइ थियो ।

उनले लगानी गरेका निजी संस्थाहरुले ट्रष्ट बनाएर परोपकारी रुपमा देखिने गरी शिक्षा दिनुपर्नेमा जोड दिए ।

‘जसरी खानु, लाउनु उसको नैसर्गिक अधिकार हुन्छ, त्यसरी नै शिक्षा प्राप्त गर्नप नि उसको नैसर्गिक अधिकार हुन्छ । यो अहिलेको लोकतान्त्रिक मान्यता हो । अब प्रत्येक मान्छेले वैज्ञानिक शिक्षा, आधुनिक शिक्षा पाउनुपर्छ’, उनले भने, ‘यसको दायित्व राज्यले लिनुपर्छ । १२ कक्षासम्मको शिक्षाको जिम्मा पूर्णरुपले राज्यले नै लिनुपर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय नीति नबन्दा एकथरीले शिक्षालाई पूरै व्यापारीकरण गर्ने र अर्कोथरीले शिक्षाको महत्वबोध नै नगरिदिँदा शिक्षा राम्रो नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved