इलामदेखि कञ्चनपुरसम्म धेरै ठाउँमा मुसलधारे वर्षा, केही नदीले खतराको तह नाघे

दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, खोटाङ, उदयपुर, धनुषा र ईलाम लगायतका जिल्लामा ठूलो पानी परेको छ । 

नेपालभ्युज

इलामदेखि कञ्चनपुरसम्म धेरै ठाउँमा मुसलधारे वर्षा, केही नदीले खतराको तह नाघे
फाइल तस्वीर

काठमाडौं। गएराति देशका धेरै ठाउँमा मुसलधारे वर्षा भएको छ ।

गएको आइतबारदेखि नै मनसुन सक्रिय भएर पानी परिरहेकोमा गएराति धेरै ठाउँमा मुसलधारे पानी परिरहेको हो ।

पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मै ठाउँ ठाउँमा ठूलो पानी पर्दा बाढीको चेतावनी जारी भएको छ ।

दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, खोटाङ, उदयपुर, धनुषा र ईलाम लगायतका जिल्लामा ठूलो पानी परेको छ ।

पछिल्लो १२ घण्टामा सिन्धुलीको हरिहरपुरगढी मापन केन्द्रमा १ सय २७ मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोकको गुम्बाथानमा १ सय १९, दोलखाको लामाबगरमा ६० मिलिमिटर वर्षा भएको छ ।

लमजुङमा ७५, कास्कीमा ९३, कैलालीको टिकापुरमा ६२ र कञ्चनपुरको सुन्दरपुरमा ५० मिलिमिटर पानी परेको छ ।  यस्तै, इलामको कन्याममा ८०, खोटाङमा ८१, ओखलढुंगामा ८६, लाहानमा ५५ र जनकपुरमा ६० मिलिमिटर वर्षा मापन भएको छ ।

कैलालीको चिसापानी र कैलाली लगायत आसपासका खोला र नदीमा बाढीको चेतावनी जारी भएको छ ।

नेपाल बाढी सूचना केन्द्रले लमजुङको खुदीबजार आसपासका सबै खोला नदी किनारमा नजान र चामे बेसिसहर सडकमा पहिरोको चेतावनी दिएको छ ।

ओखलढुंगाको रबुवाबजारमा दुधकोशी नदीले  सतर्कता तह नाघेको छ,नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

रानीबास सिन्धुलीमा कमला नदीले खतराको तह नाघेको छ । सिन्धुली, उदयपुर, धनुषा र सिराहा लगायत तटीय क्षेत्रमा चेतावनी जारी भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved