कोशी प्रदेशको चालु अधिवेशन अन्त्य, बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी

नेपालभ्युज

कोशी प्रदेशको चालु अधिवेशन अन्त्य, बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी

काठमाडौं । दलहरुको झगडाका कारण कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बेलुका बसेको बैठकले तेस्रो तथा हिउँदे अधिवेशन अत्यका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

अधिवेशन अन्त्य गरी प्रदेश सरकारले तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट फिर्ता गरी बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved