करिब एक महिनापछि खुल्यो संसद्

नेपालभ्युज

करिब एक महिनापछि खुल्यो संसद्

काठमाडौं । प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक सुरु भएको छ । पटक–पटक स्थगित भएको बैठक भर्खर सुरु भएको हो ।

दलहरुबीच सुन तस्करी छानबिनका लागि आयोग बनाउने सहमति भएपछि सुरु भएको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध नगर्ने भएको हो ।

बैठकको सुरुमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरुबीच भएको सहमतिबारे संसद्लाई जानकारी गराएका छन् ।

यसअघि सुन तस्करी छानबिनका लागि समिति बनाउनुपर्ने माग राख्दै एमालेले निरन्तर संसद् अवरुद्ध पार्दै आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved