कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्च गयो एमाले

नेपालभ्युज

कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्च गयो एमाले

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वास मतमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा हालेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेताहरु बुधबार सर्वोच्च अदालत पुगेर मुख्यमन्त्री थापाविरुद्ध मुद्दा हालेका हुन् ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च गएको हो ।

प्रदेश सभाको अध्यक्षता गरेकै व्यक्तिले गैरसंवैधानिक ढंगमा विश्वासको मत दिएपछि एमालेले कानुनी उपचार खोजेको हो ।

यसअघि पनि सर्वोच्च अदालतले यस्तै मामलामा मुख्यमन्त्री उद्धव थापाको नियुक्ति नै बदर गरिदिएको थियो ।

सोमबार मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved