काठमाडौं। नेपाल बिमा प्राधिकरणले इजाजतपत्र नलिई बिमा प्रकृतिका कुनै पनि व्यवसाय सञ्चालन नगर्न सबैलाई अनुरोध गरेको छ । एक सूचना जारी गर्दै प्राधिकरणले बिमा, पुनर्बिमा, बिमाकोष जस्ता शब्द प्रयोग गरी कुनै पनि व्यापार, व्यवसाय सञ्चालन नगर्न अनुरोध गरेको हो ।
बिमासम्बन्धी केही इजाजतपत्र प्राप्त नभएका संगठित संस्थाहरूले व्यापार, व्यवसाय गरेको पाइएको भन्दै प्राधिकरणले उक्त सुचना जारी गरेको हो ।
नेपालको कानुनी प्रावधान अनुसार बीमक बाहेक अरु संगठित संस्थाहरूले बिमासम्बन्धी व्यवसायहरू गर्न कसुर मानिन्छ । यदि, सो कार्य गरेमा नेपालको कानुनअनुसार दफा १४१ को उपदफा १ बमोजिम दण्ड र जरिवाना हुने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार प्राधिकरणले सबैलाई जानकारी गराएको हो ।
सूचनामार्फत प्राधिकरणले आफ्ना कम्पनी, फर्म, तथा कुनै पनि संघ-संस्थाहरूको नाममा बिमा, पुनर्बिमा, बिमाकोष जस्ता शब्दको प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ ।
Facebook Comment
Comment