कोशीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

उपसभामुखले बोलाएको बैठक अरुले स्थगित गर्न नमिल्ने

नेपालभ्युज

कोशीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

उपसभामुख सृजना दनुवारले बोलाएको प्रदेशसभा बैठक अरुले स्थगित गर्न नमिल्ने भएपछि मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने भएका हुन् । बैठक बोलाएर उपसभामुख सिर्जना दनुवार भने काठमाडौं आएकी छन् ।

एमालेका ७ र राप्रपाका एक जेष्ठ सदस्यले यसअघि नै बैठकमा अनुपस्थित हुन सूचना दिएका छन् । उपसभामुख दनुवारले अध्यक्ष मण्डलमा रहेकी कांग्रेस प्रदेशसभा सदस्य इस्राईल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी छिन् । उनैले बैठक सञ्चालन गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved