नेप्से २१.९९ अंकले घट्यो, कारोबार रकम डेढ अर्बभन्दा तल

नेपालभ्युज

नेप्से २१.९९ अंकले घट्यो, कारोबार रकम डेढ अर्बभन्दा तल

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा २१.९९ अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१.९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको हो ।  अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाउँदा लगानीकर्ता थप निराश भएका हुन् ।

आइतबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । नेप्सेसँगै कारोबार रकम पनि गिरावट हुँदै गएको छ । बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेर कारोबार भएको बजारमा आइतबार डेढ अर्बबाट पनि तल झरेको हो । आइतबार १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको मात्रै कारोबार भएको छ ।

आइतबार नेप्सेमा नेप्सेमा ४३ हजार ३४६ वटा कारोबारमा ४४ लाख ५९ हजार ४५९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये १९० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved