संसद् खुलाउने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

नेपालभ्युज

संसद् खुलाउने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं। नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको संसद् बैठक सञ्चालनको लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् ।

सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुखले बिहान ११ बजे सिंहदरबारस्थित सभामुख कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६० किलो सुन प्रकरणको अनुसन्धान गर्न विशेष छानबिन समितिको माग गरेर एमालेले गएको साउन १० गतेदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved