सदन खुलाउनेबारे सभामुखसँग कुरा गर्दै प्रधानमन्त्री

नेपालभ्युज

सदन खुलाउनेबारे सभामुखसँग कुरा गर्दै प्रधानमन्त्री

काठमाडौं । सदनको अवरोध हटाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरेसँग कुराकानी गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बालुवाटारमा कुराकानी हुन लागेको हो ।

सदन खुलाउनेबारे शीर्ष नेताबीच पटक–पटक वार्ता भए पनि कुरा मिल्न सकेको छैन ।

सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ ।

सरकारले छानबिन समिति बनाउन आनाकानी गरिरहेको छ ।

एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध पार्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved