कोशीमा गठबन्धनको ‘ट्याक्टिस’, प्रदेश सभाका जेष्ठ सदस्यलाई बनाइयो राज्यमन्त्री

सभामुखलाई राजीनामा गराएर बहुमतको मुख्यमन्त्री बनेका थापालाई प्रदेशसभाबाट विश्वासको मत दिलाउन जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाइएको हो ।

नेपालभ्युज

कोशीमा गठबन्धनको ‘ट्याक्टिस’, प्रदेश सभाका जेष्ठ सदस्यलाई बनाइयो राज्यमन्त्री

काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिलाउन सत्ता गठबन्धनले ‘ट्याक्टिस’स्वरुप प्रदेशसभाका जेष्ठ सदस्यलाई मन्त्री बनाएकाे छ । सभामुखलाई राजीनामा गराएर बहुमतको मुख्यमन्त्री बनेका थापालाई प्रदेशसभाबाट विश्वासको मत दिलाउन जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाइएको हो ।

कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाइएको हो ।

अहिले कोशी प्रदेशसभा सभामुखविहीन छ । उपसभामुख एमालेकी सृजना दनुवार छिन् । साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । भदौ १ गतेबाट उनले प्रदेशसभा बैठक बोलाएका छन् ।

उपसभामुखले राजीनामा दिए ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् ।

उपसभामुखले राजीनामा दिए प्रदेशसभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने रणनीतिसहित मण्डललाई गठबन्धनकाले मन्त्री बनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved