बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सुन तस्करी प्रकरणले माहोल तातेका बेला सत्ता गठबन्धनको बैठक बस्नुलाई महत्वसाथ हेरिएको छ ।

नेपालभ्युज

बालुवाटारमा सत्ता गठबन्धनको बैठक
फाइल तस्वीर ।

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

संसद् अवरोधलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी छन् ।

माधव नेपाल आजै युरोप भ्रमण सकेर काठमाडौं आएका हुन् । नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि आजै सकिएको हो ।

सुन तस्करी प्रकरणले माहोल तातेका बेला सत्ता गठबन्धनको बैठक बस्नुलाई महत्वसाथ हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved