भारी वर्षासँगै ठाउँ ठाउँमा बाढी पहिरोको चेतावनी

नेपालभ्युज

काठमाडौं। देशका विभिन्न ठाउँमा अहिले भारी वर्षा भइरहेको छ ।

इलाम, सिन्धुली, ताप्लेजुङ, मकवानपुर, काठमाडौं उपत्यका, लमजुङ, दाङ, बर्दिया लगायतका ठाउँमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ ।

बाढी सूचना केन्द्रले मकवानपुरका साना ठूला सबै नदी तथा खोलामा बाढी आउने चेतावनी दिएको छ ।

यस्तै लमजुङको मर्स्याङ्दीको बिमलनगर जलमापन केन्द्रमा नदी सतर्कता तह पार गरेको छ । दिउँसो १ बजेसम्म नदी आसपास उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह  गरेको छ ।

आज दिनभर नै देशभर भारी वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा र घरमै रहँदा पनि सचेत रहन आग्रह गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved