अहिले राप्रपाले सत्ता प्राप्तिलाई प्राथमिकतामा राखेको छैन : अध्यक्ष लिङ्देन

नेपालभ्युज

अहिले राप्रपाले सत्ता प्राप्तिलाई प्राथमिकतामा राखेको छैन : अध्यक्ष लिङ्देन
फाइल फोटो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् ।

शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन् ।

उनले कांग्रेस सांसद डा. सुनील शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताए । उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए । अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताए ।

उनले भने, ‘डा. सुनील शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो । अहिले नै किन कार्यान्वयन गरियो ? यति नै बैला , सुनील शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरू र सुन तस्कर र भ्रष्टाचारप्रति सरकार पक्षमै मन्त्रीहरूमाथि औंला उठाउनुभयो । र फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ, राप्रपाले अहिले सत्तालाई प्राथमिकतामा राखेको छैन ।’

अध्यक्ष लिङदेनले नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved