फिफा महिला विश्वकपः

जापानलाई हराउँदै स्विडेन सेमिफाइनलमा

नेपालभ्युज

जापानलाई हराउँदै स्विडेन सेमिफाइनलमा
तस्वीर स्रोतः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्विडेन सेमिफाइनलमा पुगेको छ।

एस्थर स्टाउबलीमा शुक्रबार भएको खेलमा स्विडेनले जापानलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

स्विडेनको लागि एमान्डा र फिलिपा आंगेलदलले गोल गरे। जापानको लागि भने होनोका हायासीले गोल फर्काइन्।

खेलको ३२ औँ मिनेटमा एमान्डाले गोल गर्दै स्विडेनलाई अग्रता दिलाइन्। ५१ औँ मिनेटमा पेनाल्टीमा आंगदेलले स्विडेनको लागि दोस्रो गोल गरिन्।

खेलको ८७ औँ मिनेटमा हायासीले जापानको लागि १ गोल फर्काइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved