स्वास्थ्यमन्त्रीको ढाडस- अब पैसाको अभावमा उपचार नपाएर कोही मर्नु पर्दैन

नेपालभ्युज

स्वास्थ्यमन्त्रीको ढाडस- अब पैसाको अभावमा उपचार नपाएर कोही मर्नु पर्दैन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कोही पनि नेपाली पैसाको अभावका कारण उपचार नपाएर मर्नु नपर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको अभावका कारण उपचार नपाएर मर्नु नपर्ने बताएका हुन् ।

अब उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै उनले सरकारले जसरी पनि उपचार गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बस्नेतले ‘स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभइ अस्पतालजस्तो भइरहेको’ पनि बताए ।

उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीसँग आग्रह पनि गरे ।

मन्त्री बस्नेतले अचेल सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताए । सरकारले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उनले सबै ठाउँहरुमा सुधार भइरहेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved