संसदमा आफ्नो भूमिकालाई अझ सशक्त बनाउन सांसदलाई प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

नेपालभ्युज

संसदमा आफ्नो भूमिकालाई अझ सशक्त बनाउन सांसदलाई प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलहरुसँग छलफल भइरहेको पनि जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने– प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भूमिकालाई बढाउनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी गराउनुभयो । दाहालले सभामुखसँग दलको शिर्ष नेताहरुको बैठकपछिको विकसित घटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताएको पाण्डेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved