काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदले आज यसबारे जानकारी गराउँदै सेप्टेम्बरको तेस्रो-चौथो साता प्रधानमन्त्री ‘प्रचण्ड’को चीनको भ्रमण हुने जानकारी दिए ।
प्रहरी चारित्रिक प्रमाणपत्रको अनलाइन प्रमाणीकरण कार्य सुरु गर्ने कार्यक्रममा मन्त्री साउदले भने, “हामी त्यसको तयारी अवस्थामा छौँ ।”
उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पार्दै वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको र सो अवसरमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा नै मुलुक र जनताको हित हुने उल्लेख गर्दै विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने धारणासमेत व्यक्त गरे ।
Facebook Comment
Comment