सरकारले जनताको पक्षमा काम गर्न सकेनः नैनसिंह महर

नेपालभ्युज

सरकारले जनताको पक्षमा काम गर्न सकेनः नैनसिंह महर
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियान अन्तगर्त धनुषामा खटिएका केन्द्रिय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भिर नरहेको आरोप लगाए ।

जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरुप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए। महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए । उनले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु आवश्यक रहेको बताए ।

उनले भने, ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्, उनले भने ‘सरकार यी समस्याहरु समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथी सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।’

फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved