फिफा महिला विश्वकप

कोलम्बिया र मोरक्को अन्तिम १६ मा, जर्मनी र दक्षिण कोरिया बाहिरिए

नेपालभ्युज

कोलम्बिया र मोरक्को अन्तिम १६ मा, जर्मनी र दक्षिण कोरिया बाहिरिए
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा कोलम्बिया र मोरक्कोले अन्तिम १६ मा स्थान पक्का गरेका छन्। यससँगै जर्मनी र दक्षिण कोरियाको यात्रा भने समाप्त भएको छ।

पर्थ रेक्ट्याङ्गुलर स्टेडियममा बिहीबार भएको खेलमा मोरक्कोले कोलम्बियालाई १–० गोलअन्तरले पराजित गरेको हो।

मोरक्को लागि अनिसा लहमारीले निर्णायक गोल गरिन्। पहिलो हाफको इन्ज्युरी समयमा गिज्लेन चेबाकले पेनाल्टीमा गोल गर्न चुकिन् । सोही इन्ज्युरी समयमा अनिसाले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाइन्।

मोरक्को समूह ‘एच’को उपविजेताको रूपमा अन्तिम १६ मा पुगेको छ। पराजित भएको कोलम्बिया भने समूह विजेता बन्दैै नकआउट चरणमा पुगको छ।

यस्तै, ब्रिस्बेन स्टेडियममा समूह ‘एच’को दक्षिण कोरिया र जर्मनीबीचको अर्को खेल भने १–१ गोलको बराबरीमा सकिएको हो।

दक्षिण कोरियाको लागि सो–ह्युन चोले गोल गरिन्। जमनीको लागि भने अलेक्जान्ड्रा पपले गोल फर्काइन्। सो–ह्युनले खेलको छैटौँ मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाइन्। ४२औँ मिनेटमा अलेक्जान्ड्राले जर्मनीको लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याइन्।

यससँगै समूह ‘एच’को तेस्रो स्थानमा भएको जर्मनी र चौथो स्थानमा भएको दक्षिण कोरियाको यात्रा समाप्त भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved