डाक्टरमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

डाक्टरमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत। सल्यान जिल्ला अस्पतालमा कार्यरत डाक्टर राहुल पाण्डेयमाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको छ । डा. पाण्डेयमाथि अपशब्द प्रयोग गरी सार्वजनिक स्थानमा हातपात गरेको भन्दै प्रहरीले दार्मा गाउँपालिका–१ का अन्दाजी २२ वर्षीया दीपेन्द्र चन्दलाई पक्राउ गरेको हो ।

बुधबार साँझ शारदा नगरपालिका–१ श्रीनगरमा डा. माथि चन्दले मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गरी सार्वजनिक स्थलमा हातपात गरेको भन्दै डा. पाण्डेयले जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।

डाक्टरमाथि अभद्र व्यवहार गर्ने चन्द्रलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाई रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved