काठमाडौं। स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत काठमाडौं उपत्यकामा रहेका अस्पतालहरूको अनुगमनमा निस्किएका छन्। पत्रकार लिएर प्रत्यक्ष प्रसारण गराउँदै उनी विभिन्न अस्पताल अनुगमनमा निस्किएका हुन्।
उनले अस्पतालमा पुगेर त्यहाँका सेवा सुविधा लगायतका विषयमा अस्पताल प्रशासन र बिरामीसँग प्रतिक्रिया लिएका छन्।
राज्यले व्यवस्था गरेका मापदण्ड र सुविधा अस्पतालमा रहे नरहेकोबारे बुझ्न आफू अनुगमन टोलीसँगै गएको उनले बताए। अनुगमनमा अस्पतालको बेड, शौचालय, क्यान्टिनलगायतको अवस्थाका बारेमा उनले जानकारी लिए।
स्वास्थ्यमन्त्री बस्नेतले यसअघि पनि स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने हेतुले विभिन्न काम गर्दै आएको दाबी गरेका छन्। अनुगमनको क्रममा स्वास्थ्यमन्त्री बिहीबार मनमोहन मेमोरियल शिक्षण अस्पताल पुगेका थिए।
Facebook Comment
Comment