फिफा महिला विश्वकप

स्विडेन र दक्षिण अफ्रिका अन्तिम १६ मा, इटाली र अर्जेन्टिना बाहिरिए

नेपालभ्युज

स्विडेन र दक्षिण अफ्रिका अन्तिम १६ मा, इटाली र अर्जेन्टिना बाहिरिए
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्विडेन र दक्षिण अफ्रिकाले नकआउट चरणमा स्थान पक्का गरेका छन्। यससँगै इटfली र अर्जेन्टिनाको यात्रा भने समाप्त भएको छ।

वाइकाटो स्टेडियममा बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलअन्तरले पराजित गरेको हो। स्विडेनको लागि रेबेका ब्लोमव्किस्ट र एलिन रुबेन्सनले गोल गरे। खेलको ६६ औं मिनेटमा रेबेकाले गोल गर्दै स्विडेनलाई अग्रता दिलाईन्। ९० औं मिनेटमा पेनाल्टीमा एलिनले स्विडेनको लागि दोस्रो गोल गरिन्।

लगातार तेस्रो जित निकाल्दैँ स्विडेन समूह जीको विजेता बन्दै नकआउट चरणमा पुग्दा पुछारमा भएको अर्जेन्टिना भने प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तै, वेलिङ्टन रिजनल स्टेडियममा भएको समूह ‘जी’को अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलअन्तरले पराजित गर्‍यो। दक्षिण अफ्रिकाका लागि बेनेडेटा ओर्सी, हिल्डा मगिया र थेम्बीले गोल गरिन्। इटालीको लगि एरियाना कारुसोले गोल फर्काइन्।

खेलको ११औं मिनेटमा कारुसोले गोल गर्दै इटालीलाई अग्रता दिलाइन्। ३२औं मिनेटमा दक्षिण अफ्रिकाका ओर्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याइन्।

६७औं मिनेटमा दक्षिण अफ्रिकाको लागि मगियालाई दोस्रो गोल गरिन्। ७४औं मिनेटमा कारुसोले इटालीको लागि दोस्रो गोल गरिन्। इटालीको लागि यो उनको दोस्रो गोल थियो। यससँगै खेल २–२ गोलको बराबरीमा पुग्यो। इन्ज्यूरी समयमा थेम्बीले दक्षिण अफ्रिकाको लागि तेस्रो गोल गरिन्।

खेल बराबरीमा सकिएको भए इटाली उपविजेता बन्दै अन्तिम १६ मा पुग्थ्यो। तर, थेम्बीको गोलले दक्षिण अफ्रिकालाई अन्तिम १६ मा पुर्यायो। यससँगै प्रतियोगितामा १ पराजय र १ बराबरी खेलेको दक्षिण अफ्रिका पहिलो जितको साथ समूह जीको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो। इटाली भने प्रतियोगिताबाट बाहिरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved