तनहुँमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

श्रीमानले बन्दुकले हानेर श्रीमतीको हत्या गरेका छन्। तनहुँको व्यास नगरपालिका–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन्।

नेपालभ्युज

चितवन। श्रीमानले बन्दुकले हानेर श्रीमतीको हत्या गरेका छन्। तनहुँको व्यास नगरपालिका–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन्।

मंगलबार राति ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए।

गोली लागेर घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा उनको राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved