फिफा महिला विश्वकप : अस्ट्रेलिया र नाइजेरिया अन्तिम १६ मा

नेपालभ्युज

फिफा महिला विश्वकप : अस्ट्रेलिया र नाइजेरिया अन्तिम १६ मा
तस्वीरः फिफा वुमन्स वर्ल्ड कपर/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा अस्ट्रेलिया र नाइजेरियाले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

मेल्बर्न रेक्ट्याङ्गुर स्टेडियममा सोमबार भएको खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० को फराकिलो गोलअन्तरले हरायो । यससँगै अस्ट्रेलिया समूह बीको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। क्यानडा भने प्रतियोगिताबाट बाहिरिएको छ।

अस्ट्रेलियाको लागि हेली रासो, मेरी फाउलर र स्टेफ क्याटलीले गोल गरे।

समूह ‘बी’ को नै आयरल्यान्ड र नाइजेरियाबीचको अर्को खेल भने गोलरहित बराबरीमा सकियो। यससँगै आयरल्यान्डसँग अंक बाँडेको नाइजेरिया समूह ‘बी’को उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved