फिफा महिला विश्वकप

स्पेनलाई स्तब्ध बनाउँदै जापान नकआउट चरणमा, जाम्बिया र कोस्टारिकाको यात्रा समाप्त

नेपालभ्युज

स्पेनलाई स्तब्ध बनाउँदै जापान नकआउट चरणमा, जाम्बिया र कोस्टारिकाको यात्रा समाप्त
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकपमा जापानले स्पेनलाई स्तब्ध पारेको छ।

वेलिङ्टन रिजनल स्टेडियममा सोमबार भएको खेलमा जापानले स्पेनलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। यससँगै जापान समूह ‘सी’को शीर्ष स्थानमा उक्लिँदै र स्पेन भने दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेका छन्। जापानको यो लगातार तेस्रो जित हो भने स्पेनको पहिलो पराजय हो।

जापानको लागि हिनाता मियाजावा, रिको उएकी र मीना तानाकाले गोल गरे।

खेलको १२औँ मिनेटमा मियाजावाले गोल गर्दै जापानलाई अग्रता दिलाइन् । २९औँ  मिनेटमा उएकीले जापानका लागि दोस्रो गोल गरिन्। ४०औँ  मिनेटमा मियाजावाले जापानको लागि तेस्रो गोल गरिन्। यो उनको व्यक्तिगत दोस्रो गोल थियो। ८२औँ  मिनेटमा तानाकाले जापानको लागि चौथो गोल गरिन्।

यस्तै, समूह ‘सी’को नै अर्को खेलमा जाम्बियाले कोस्टारिकालाई पराजित गर्‍यो। वाइकाटो स्टेडियममा भएको खेलमा जाम्बियाले कोस्टारिकालाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

जाम्बियाको लागि लुसोमो मवेम्बा, बारब्रा बान्डा र रेचल कुन्दनन्जीले गोल गरे। कोस्टारिकाका लागि मेलिसा हेरेराले एक गोल फर्काइन्।

खेलको तेस्रो मिनेटमा नै मवेम्बाले गोल गर्दै जाम्बियालाई अग्रता दिलाइन्। ३१औँ  मिनेटमा बान्डाले जाम्बियाको लागि दोस्रो गोल गरिन्। ४८औँ मिनेटमा हेरेराले कोस्टारिकाको लागि गोल गर्दै खेललाई १–२ मा पुर्‍याइन्। इन्ज्युरी समयमा कुन्दनन्जीले जाम्बियाको लागि तेस्रो गोल गरिन्।

यो जाम्बियाको पहिलो जित हो। कोस्टारिकाको भने यो लगातार तेस्रो पराजय हो। यससँगै प्रतियोगितामा जाम्बिया र कोस्टारिका यात्रा समाप्त भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved