फिफा महिला विश्वकपमा कोलम्बियाले जर्मनीलाई हरायो

नेपालभ्युज

फिफा महिला विश्वकपमा कोलम्बियाले जर्मनीलाई हरायो
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा कोलम्बियाले जर्मनीलाई पराजित गरेको छ।

सिड्नी फुटबल स्टेडियममा आइतबार भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

कोलम्बियाको लागि लिंडा लिजेश कैसेडो एलेग्रिया र मानुएला भानेगासले गोल गरे। जर्मनीको लागि भने अलेक्जान्ड्रा पपले गोल गरिन्।

खेलको ५२औँ मिनेटमा एलेग्रियाले गोल गर्दै कोलम्बोलाई अग्रता दिलाइन्। ८९औँ मिनेटमा जर्मनीले पाएको पेनाल्टीमा अलेक्जान्ड्राले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याइन्। इन्ज्युरी समयमा भानेगासले कोलम्बियाको लागि दोस्रो गोल गरिन्।

यससँगै २ खेलबाट ६ अंक जोडेको कोलम्बिया समूह एचको अंकतालिकामा शीर्ष स्थानमा छ। दोस्रो खेलमा पराजित भएको जर्मनी भने ३ अंकसहित दोस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved