फिफा महिला विश्वकप

नर्वे र स्विट्जरल्यान्ड नकआउट चरणमा, फिलिपिन्स र न्युजिल्यान्डको यात्रा समाप्त

नेपालभ्युज

नर्वे र स्विट्जरल्यान्ड नकआउट चरणमा, फिलिपिन्स र न्युजिल्यान्डको यात्रा समाप्त
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा नर्वेले फिलिपिन्सलाई स्तब्ध गरेको छ।

एडेन पार्कमा आइतबार भएको खेलमा नर्वेले फिलिपिन्सलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। यससँगै दोस्रो स्थानमा उक्लिएको नर्वे नकआउट चरणमा पुग्न सफल भएको छ। फिलिपिन्सको विश्वकपको यात्रा भने समाप्त भएको छ।

नर्वेको लागि सोफी रोमन हग, क्यारोलिन ग्राहम ह्यान्सन र गुरो रिटेनले गोल गरे। १ गोल भने नर्वेले उपहारस्वरूप पायो।

खेलको छैटौं मिनेटमा सोफीले गोल गर्दै नर्वेलाई अग्रता दिनलाइन्। १७औं मिनेटमा सोफीले १७ औं मिनेटमा नर्वेको लागि दोस्रो गोल गरिन्। सोफीको यो दोस्रो गोल थियो। ३१औं मिनेठमा क्यारोलिनले नर्वेको लागि तेस्रो गोल गरिन्।

४८औं मिनेटमा फिलिपिन्सको लािग एलिसिया बार्करले आत्मघाती गोल गरेसँगै नर्वेले ४–० को अग्रता लियो। ५३औं मिनेटमा रिटेनले पेनाल्टीमा नर्वेको लागि पाँचौं गोल गरिन्। ६७औं मिनेटमा सोफिया ह्यारिसनले रातो कार्ड पाएसँगै फिलिपिन्स १० खेलाडीमा सिमित भयो। इन्ज्युरी समयमा सोफीले नर्वेको लागि छैटौँ गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन्।

यस्तै, डुनेडिन स्टेडियममा भएको स्विट्जरल्यान्ड र न्युजिल्यान्डबीचको खेल भने गोलरहित बराबरीमा सकियो। स्विटजरल्यान्ड र न्युजिल्यान्डले अंक बाँडे। यससँगै स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्दा तेस्रो स्थानमा भएको न्युजिल्यान्डको यात्रा भने समाप्त भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved