फिफा महिला विश्वकप : आज चार वटा खेल हुँदै

नेपालभ्युज

फिफा महिला विश्वकप : आज चार वटा खेल हुँदै

काठमाडौं। अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकप फुटबलमा आज आइतबार ४ वटा खेल हुँदैछन् ।

विहान सवा १० बजे दक्षिण कोरिया र मोरक्कोबीच खेल हुँदैछ । समूह एचमा रहेका यी दुवै टोलीले आफ्ना पहिलो खेल हारेका थिए ।

समूह एचमै रहेका जर्मनी र कोलम्बियाले दिउँसो सवा तीन बजे खेल्दैछन् । दुवै टोलीले आफ्ना पहिलो खेलमा जित निकालेका थिए ।

यस्तै दिउँसो पौने १ बजे समूह एमा रहेका नर्वे र फिलिपिन्स खेल्दैछन् । दुई खेलमा तीन अंकसहित तेस्रो र एक अंक रहेको नर्वे पुछारमा छ ।

पौने एक बजे नै समूह एका स्विजरल्याण्ड र न्युजिल्याण्डले खेल्दैछन् ।  दुई खेलमा चार अंकसहित स्विट्जरल्याण्ड शीर्ष र तीन अंकसहित न्युजिल्याण्ड दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved