एजेन्सी । एन्जाइटी अट्याक एउटा मानसिक समस्या हो जो तनाव, चिन्ता तथा छटपटीको कारणले हुने गर्छ । यसले तपाईंको दिमाग तथा शरीरलाई नै प्रभावित गर्दछ ।
एन्जाइटी अट्याकलाई प्यानिक अट्याक पनि भनिन्छ । आउनुहोस् जानौं एन्जाइटी अट्याक हुँदा के गर्नुपर्दछ–
- यदि तपाईंलाई एन्जाइटी अट्याक भयो सबैभन्दा पहिला गहिरो स्वास लिनुहोस् र सुस्तरी छोड्नुहोस् । यसले तपाईंको तनाव थोरै कम हुन्छ, जसले दिमाग र शरीरले आराम पाउन सक्छ ।
- अट्याक आएको समयमा आफूलाई शान्त महसुस गराउने कोसिस गर्नुहोस्, जस्तै एउटा कोठामा जानुहोस् जो शान्त तथा सुरक्षित छ ।
- आफ्नो साथी तथा परिवारका सदस्यलाई फोन गर्नुहोस् र उनीहरुलाई अट्याकको बारेमा बताउनुहोस् र सहयोग लिनुहोस् ।
- एन्जाइटी अट्याकबाट राहत पाउन पानी पिउनु पनि फाइदाजनक हुन्छ । पानी पिउनाले तपाईंलाई ताजगी महसुस हुनेछ र तनाव पनि कम हुन सक्छ ।
- एन्जाइटी अट्याकपछि आफूलाई मेडिटेशनमा लगाउनुहोस् । ध्यान गर्दा मनको शान्ति मिल्नेछ र तपाईं आरामसँग सामान्य पोजिशनमा आउनुहुनेछ ।
- सकारात्मक कुराहरु सोच्नुहोस् यसले तनाव कम हुन्छ र तपाईंको मनमा शान्ति आउनेछ । एन्जाइटी अट्याकबाट बच्नका लागि नकारात्मकताबाट टाढा रहनुहोस् र आफ्नो वरिपरि खुशी खोज्नुहोस् ।
Facebook Comment
Comment