फिफा महिला विश्वकपमा चीनले हाइटीलाई हरायो

नेपालभ्युज

फिफा महिला विश्वकपमा चीनले हाइटीलाई हरायो
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले हाइटीलाई पराजित गरेको छ। हिन्डमार्श स्टेडियममा शुक्रबार भएको खेलमा चीनले हाइटीलाई १-० गोलअन्तरमा पराजित गरेको हो।

चीनको लागि शुवाङ वाङले गोल गरिन्। शुवाङले खेलको ७४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

खेलको २९ औँ मिनेटमा फल गरेसँगै चीनकी रुई जाङलाई रातो कार्ड दिइएको थियो। १० खेलाडीमा सिमित भएको चिनियाँ टोलीले शुवाङको गोलसँगै जित पक्का गर्‍यो ।

यो चीनको पहिलो जित हो। २ खेलबाट ३ अंक जोडेको चीन समुह डीको अंक तालिकाको तेस्रो स्थानमा छ। हाइटीको भने यो लगातार दोस्रो पराजय हो। अंकविहिन हाइटी अंक तालिकाको पुछारमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved