सत्तापक्षकै सांसदले भने- सुन तस्करी छानबिनमा संसदको भूमिका कमजोर भयो

नेपालभ्युज

सत्तापक्षकै सांसदले भने- सुन तस्करी छानबिनमा संसदको भूमिका कमजोर भयो

काठमाडौं । सत्तारुढ दलका राष्ट्रियसभा सदस्यहरुले सुन तस्करी नियन्त्रणमा संसद र संसदीय समितिहरुले अझ प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेल, जनता समाजवाद पार्टीका सांसद मृगेन्द्रकुमार सिंह यादवलगायतले सुन तस्करी, ललिता निवासलगायतका भ्रष्टाचार काण्डहरुको तथ्य पत्ता लगाइ बाहिर ल्याउन संसद र संसदीय समितिहरुले कडा कदम चाल्नुपर्ने बताएका हुन् ।

शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ कांग्रेस सांसद पौडेलले अन्तर्राष्ट्रिय जगतमा नै नेपालको अपमान हुनेगरी चर्चित सुनकाण्ड बाहिर आएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न संसदले प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् ।

सत्तासाझेदार जनता समाजवादी पार्टी नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुनु मुलुकका लागि लाजमर्दो विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सम्बन्धित पक्षमाथि कडा छानबिन गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved