अब बिरामीको अनुमतिबिना उपचारको भिडियो सार्वजनिक गर्न नपाइने

नेपालभ्युज

अब बिरामीको अनुमतिबिना उपचारको भिडियो सार्वजनिक गर्न नपाइने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको अनुमतिबिना उपचार गरिरहेको फोटो, भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक गर्न नमिल्ने नियम ल्याएको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, ‘कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ ।’

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ ।

सो नियमावली विपरित भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved