फिफा महिला विश्वकपमा डेनमार्कमाथि इङ्ल्यान्डको जित

नेपालभ्युज

फिफा महिला विश्वकपमा डेनमार्कमाथि इङ्ल्यान्डको जित
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा इङ्ल्यान्डले डेनमार्कलाई पराजित गरेको छ ।

सिड्नी फुटबल स्टेडियममा शुक्रबार भएको खेलमा इङ्ल्यान्डले डेनमार्कलाई १–० गोलअन्तरले पराजित गरेको हो।

इङ्ल्यान्डको लागि लरेन जेम्सले गोल गरिन्। लरेनले खेलको छैटौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

लगातार २ जित हासिल गरेको इङ्ल्यान्ड ६ अंकसहित समूह डीको अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित डेनमार्क भने ३ अंकसहित दोस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved