जिम नगइ तौल घटाउन चाहनुहुन्छ ? गर्नुस् यी कसरत

नेपालभ्युज

जिम नगइ तौल घटाउन चाहनुहुन्छ ? गर्नुस् यी कसरत

एजेन्सी । अहिले धेरै मानिस बढिरहेको तौलबाट समस्यामा छन् । वा भनौं सबैलाई आफ्नो मोटोपन घटाउने चिन्ता छ । तर धेरैलाई जिम वा पार्क जानका लागि समय पनि हुँदैन । यस्तोमा घरमै केही एक्सरसाइजहरु गर्नु सबैभन्दा राम्रो विकल्प हो ।

यसरी घरमै पनि केही कसरत गरेर तौल कम गर्न सकिन्छ-

स्किपिंग

घरमै डोरी खेलेर पनि सजिलै तौल कम गर्न सकिन्छ । यो एकदमै राम्रो कार्डियो एक्सरसाइज हो । यसले क्यालोरी पनि धेरै बर्न गर्छ । साथमा यो मुटु तथा रक्तसञ्चारका लागि पनि राम्रो मानिन्छ ।

नृत्य

नाच्नु एकदमै राम्रो तथा रमाइलो कसरत हो । तपाईं घरमै एरोबिक्स पनि कोसिस गर्न सक्नुहुन्छ । यस डान्स फर्ममा नाच्दा एकदमै छिटो क्यालोरी कम हुन थाल्छ ।

स्ट्रेचिङ

त्यस्तै घरमै स्ट्रेचिङ गर्न पनि एकदमै सजिलो हुन्छ । जिममा पनि कसरतको शुरुआत स्ट्रेचिङबाटै गर्नुपर्ने हुन्छ । यसले मानिसका मसल्सहरु खुल्छन् जसले अन्य कसरत गर्न सजिलो हुन्छ ।

स्क्वाट्स

स्क्वाट्स एकदमै राम्रो कसरत हो । यो कसरतले पनि तौल कम गर्न एकदमै राम्रो सहयोग गर्छ । तपाईं केही तौल समातेर पनि स्क्वाट्स गर्न सक्नुहुन्छ ।

प्ल्यांक

प्ल्यांकले पनि शरीरको तौल कम गर्न एकदमै सहयोग गर्छ । यसले फ्याट बर्निङ प्रक्रियालाई तीव्र बनाउँछ । तपाईंले प्ल्यांकको समय बढाउँदै लग्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved