कर्कलाको पात खाँदा हुन्छन् यति धेरै फाइदा

नेपालभ्युज

कर्कलाको पात खाँदा हुन्छन् यति धेरै फाइदा

एजेन्सी । कर्कलाको पातबाट तपाईंले धेरै नै आवश्यक पोषक तत्व पाउन सक्नुहुन्छ । यो पकौडा, तरकारी वा सुकाएर पनि खान सकिन्छ । आउनुहोस् जानौं कर्कलाको पातका फाइदा –

  • कर्कलाको पात एन्टीआइपरसेन्सेटिभ हुन्छन् । यसको सेवनले रक्तचाप नियन्त्रित रहन्छ । रक्तचापका बिमारीलाई कर्कलाको पात निकै फाइदाजनक हुन्छ ।
  • यदि तपाईंको पाचनमा गडबडी आइरहन्छ भने पनि यो पातको सेवन गर्दा फाइदा हुन्छ । यसमा फाइबर प्रचुर मात्रामा हुन्छ । जसले कब्जियत, अपच तथा एसीडीटीको समस्या कम गर्छ ।
  • कर्कलाको पातमा फाइबरको मात्रा प्रसस्त हुने भएकाले पेट लामो समयसम्म भरिएको जस्तो हुन्छ । यसले शरीरलाई ऊर्जा दिइरहन्छ र तौल कम गर्नका लागि पनि फाइदाजनक हुन्छ ।
  • त्यस्तै आँखाको स्वास्थ्यका लागि पनि यो फाइदाजनक हुन्छ । यसमा पाइने बीटा क्यारोटिनले आँखाको ज्योतिलाई तेज बनाउने काम गर्छ ।
  • साथै हड्डी बलियो बनाउनका लागि पनि कर्कलाको पातको सेवन एकदमै फाइदाजनक हुन्छ । यसमा भिटामिन ए पाइन्छ जसले हड्डीसँग जोडिएका रोग कम गर्छ ।
  • त्यस्तै आइरनको मात्रा प्रसस्त पाइने भएकाले यसको सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । यसले एनीमियाका रोगीलाई पनि फाइदा गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved