फिफा महिला विश्वकपमा पोर्चुगलले भियतनामलाई हरायो

नेपालभ्युज

फिफा महिला विश्वकपमा पोर्चुगलले भियतनामलाई हरायो
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप

काठमाडौं। फिफा महिला विश्वकपमा पोर्चुगलले भियतनामलाई हराएको छ।

वाइकाटो स्टेडियममा बिहीबार भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलअन्तरले पराजित गरेको हो। पोर्चुगलका लागि तेल्मा इन्कानासो र फ्रान्सिस्का नाजारेथले गोल गरे।

खेलको ७ औँ मिनेटमा तेल्माले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाइन्। २१ औँ मिनेटमा नाजारेथले पोर्चुगलको लागि दोस्रो गोल गरिन्।

समूह ईमा यो पोर्चुगलको पहिलो जित हो भने भियतनामको लगातार दोस्रो पराजय हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved