महिला विश्वकप फुटबलमा आज पनि तीन वटा खेल

नेपालभ्युज

महिला विश्वकप फुटबलमा आज पनि तीन वटा खेल

एजेन्सी।  फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन वटा खेल हुँदैछन् ।

विहान पौने ११ बजे समूह सी का जापान र कोस्टारिका खेल्दैछन् ।  यो खेल न्युजिल्याण्डको फर्थिस बार स्टेडियममा हुनेछ ।

पहिलो खेलमा जापानले जाम्बियालाई ५ गोलले हराएको थियो भने कोस्टारिका स्पेनसँग पराजित भएको थियो ।

आजै दिउँसो सवा १ बजे यसै समूहका स्पेन र जाम्बिया खेल्दैछन् । आजै बेलुका पौने ६ बजे अष्ट्रेलियाको पर्थमा क्यानडा र आयरल्याण्डले खेल्दैछन् । पहिलो खेलमा क्यानडाले जाइजेरियासँग बराबरी खेलेको थियो भने आयरल्याण्ड अष्ट्रेलियासँग पराजित भएको थियो ।

विश्वकपमा ३२ टोलीको सहभागिता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved