एन्जाइटीका हुन सक्छन् यस्ता लक्षण

नेपालभ्युज

एन्जाइटीका हुन सक्छन् यस्ता लक्षण

एजेन्सी । कयौं दिन निद्रा पूरा नहुँदा र हृदय सम्बन्धी कुनै प्रकारको समस्या हुँदा कार्टिसोल हर्मोन बढ्न थाल्छ । जसले गर्दा एन्जाइटीको समस्या सुरु हुन सक्छ ।

लगातार सही तरिकाले निद्रा नलिने गरेमा पनि तपाईंले एन्जाइटीको संकेत आफ्नो शरीरमा देख्न सक्नुहुनेछ ।

जुत्तामोजा लगाउँदा पनि हातखुट्टा चिसो हुने एन्जाइटीको कारण हुने समस्या मध्ये एक हो । यसको कारणले डराउने तथा आत्तिने जस्तो समस्या पनि अनुभव हुन सक्छ ।

मांसपेशीहरु फुल्ने तथा शरीर सुन्निने जस्ता समस्या पनि देखिन सक्छन् । यी पनि एन्जाइटीका आम लक्षण मध्ये एक हुन् ।

हातखुट्टा र शरीरमा बिनाकारण कम्पन आउनु तथा पेटमा हलचल महसुस हुनु पनि एन्जाइटीका संकेत हुन सक्छन । यो समस्या कुनै गम्भीर समस्याको लक्षण पनि हुन सक्छ ।

एन्जाइटीका कारणले समस्यामा भएको व्यक्तिले आफ्नो बारेमा दिमागमा नकारात्मक विचारहरु बनाउन थाल्छ जसले गर्दा आत्मविश्वास पनि कम हुन्छ । यस्तो सही निर्णय पनि लिन सक्दैन ।

आत्मविश्वासको कमीले गर्दा जब कुनै निर्णय स्वयमले लिन नसक्दा त्यस्तो अवस्थामा डर महसुस हुन सक्छ । यस्तो पनि एन्जाइटीको संकेत हो ।
सानो सानो कुरामा डर लाग्ने तथा चिन्ता लाग्ने पनि एन्जाइटीको कारण हुन सक्छ । यसले गर्दा भविश्यमा मानसिक समस्या पनि आउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved