चिनियाँ विदेशमन्त्री क्विन बर्खास्त, नयाँ विदेशमन्त्रीमा वाङ यी लाई ल्याइयो

 ग्लोबल टाइम्सका अनुसार शीर्ष विधायिकाको मंगलबार बोलाइएको बैठकले क्विनलाई हटाएर वाङलाई विदेशमन्त्री बनाउने निर्णय गरेको हो । 

नेपालभ्युज

चिनियाँ विदेशमन्त्री क्विन बर्खास्त, नयाँ विदेशमन्त्रीमा वाङ यी लाई ल्याइयो

काठमाडौं ।  चिनियाँ विदेशमन्त्री क्विन गेंग बर्खास्तीमा परेका छन् । एक महिनादेखि सार्वजनिक नभएका विदेशमन्त्री क्विनलाई आज वर्खास्त गरिएको चीनको ग्लोबल टाइम्सले जनाएको छ।

नयाँ विदेशमन्त्रीका रुपमा वाङ यी लाई नियुक्त गरिएको छ । उनी क्विन भन्दा अघि १० वर्ष विदेशमन्त्री रहिसकेका थिए । ग्लोबल टाइम्सका अनुसार शीर्ष विधायिकाको मंगलबार बोलाइएको बैठकले क्विनलाई हटाएर वाङलाई विदेशमन्त्री बनाउने निर्णय गरेको हो ।

क्विन वर्खास्तीमा पर्नुको स्पष्ट कारण खुलाइएको छैन । तर, मंगलवारको बैठक फौजदारी कानून संशोधनको मस्यौदामा छलफलका लागि समेत भएको उल्लेख छ । यसले निवर्तमान विदेशमन्त्रीमाथि फौजदारी अभियोग लगाइएको हुन सक्ने अनुमान गरिएको छ ।

अमेरिकी टिभी एंकर फु जियोतियानसँगको प्रेम सम्बन्धमा रहेको भनिएका निवर्तमान विदेशमन्त्री क्विन एक महिनादेखि गायब थिए । फु चिनियाँ मूलकी अमेरिकी नागरिक हुन् । द विकका अनुसार क्विन गेंग र जियोतियानबीच विवाहविनै एक बच्चाको जन्म भएको छ ।

५७ वर्षीय विदेशमन्त्री क्विन विवाहित हुन् र उनको एक छोरा पनि छन् । चिनियाँ कम्युनिस्ट पार्टीले अवैधानिक यौन सम्बन्धको मुद्दामा क्विनलाई सोधपुछ गरिरहेको वा कुनै दण्ड दिएको हुन सक्ने अनुमान यसअघि गरिएको थियो ।

फु हङकङस्थित फिनिक्स टिभीमा रिपोर्टरको काम गर्दछिन्। उनले सन् २०२२ को मार्चमा क्विन गेंगको अन्तर्वार्ता लिएकी थिइन् । उनले सामाजिक सञ्जालमा पिताको नाम नखुलाइएको बच्चाको फोटो राख्ने गरेकी थिइन ।

टाइम म्यागजिनका अनुसार फु जियोतियान पनि करिब १ महिनादेखि ‘गायब’ छिन् । यही मामिलामा विदेशमन्त्रीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको अनुमान गरिएको थियो । तर, चिनियाँ सरकारले उनलाई बर्खास्त गर्नुको कारण भने खुलाएको छैन ।

चिनियाँ विदेशमन्त्री १ महिनादेखि गायब, अमेरिकी पत्रकारसँग प्रेममा परेकाले नियन्त्रणमा राखिएको हो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved